डोटीका वडाध्यक्षको नाम अति गरिबको सूचीमा

Image
maya metro

डोटी – डोटीका एक वडा अध्यक्षको नाम गरिबको सूचीमा भेटिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत बर्ष संकलन गरेको विवरण सार्वजनिक गर्दा फुड्सिल गाउँपालिका – १ का वडाध्यक्ष डम्मरबहादुर घर्ती मगरको नाम गरिबको सूचीमा भेटिएको हो ।

उनको नाम सो सूचीमा अति गरिबमा परेको छ । वडाध्यक्ष घर्ती मगरले भने आफू गरिबको सूचीमा परेको बारे जानकारी नभएको बताएका छन । उनले आफू गरिव नभएको बताएका छन ।

nisarga