
अत्तरिया – नेपाल साँस्कृतिक संघ जिल्ला कार्यसमितिको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
७२ औं प्रजातन्त्र दिवसको अवसरमा शनीबार नेपाल साँस्कृतिक संघ जिल्ला कार्यसमिति कैलालीले अत्तरियामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
संघका सभापति एवं नेपाली काग्रेंस सुदूरपश्चिम प्रदेशका सदस्य सुरत रावत (डोटेली कान्छा)को सभापतित्वमा भएको कार्यक्रममा नेपाली काग्रेंसका सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खडका प्रमुख अतिथि रहेका थिए भने नेपाली काग्रेंसका नेता, राष्ट्रिय सभाका पुर्ब साँसद हिरादत्त भट्ट बिशिष्ट अतिथि रहेका थिए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली काग्रेंसका प्रदेश महामन्त्री मेघराज खडकाले फाल्गुन ७ पहिलो पटक नेपाली जनता रैतीबाट जनता भएको दिन र प्रजातन्त्रको जग बसेको दिनको रूपमा मनाइने बताँउदै नेपाली काग्रेंस कमजोर भय प्रजातन्त्र कमजोर हुने बताए । उनले स्थानीय तहको निर्वाचनमा पार्टीलाइ एकढिक्का बनाएर लैजानुपर्ने भन्दै निर्वाचनमा नेतृत्वमा रहेका नेताहरुले महत्वपुर्ण भुमीका खेल्नुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा नेपाली काग्रेंसका नेता राष्ट्रिय सभाका पुर्ब साँसद प्रमुख प्रतिपक्ष दलका नेता हिरादत्त भट्ट , नेपाली काग्रेंस क्षेत्र न.४ का सभापति बसन्त रोकाय, नेपाली काग्रेंसका क्षेत्र ५ बाट महाधिवेशन प्रतिनिधि नारायण दत्त भट्ट , नेपाली काग्रेंसका पुर्ब महासमिति सदस्य पदमराज भट्ट ,नेपाली काग्रेंसका राष्ट्रिय प्रशिक्षक दुर्गालक्ष्मी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गिरीराज कडायत, नेपाली काग्रेंसका पुर्ब जिल्ला कोषाध्यक्ष एवं नेपाल साँस्कृतिक संघका पुर्ब केन्द्रीय सदस्य एवं पुर्ब जिल्ला सभापति प्रभाकर भण्डारी नेपाली काग्रेंस क्षेत्र न.४ का पुर्ब सचिव लोकराज पाण्डेय (आगो) लोकतान्त्रिक स्रष्टा दिपेन्द्र प्रसाद दहाल लगायत को उपस्थीती रहेको थियो ।
नेपाल साँस्कृतिक संघका कैलाली जिल्ला सदस्य दलबहादुर बोगटीको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको संचालन सँस्थाका सचिब तोयनाथ भट्टले गरेका थिए ।















