
डोटी – जोरयाल गाउँपालिका – ३ चनकट्टेकाे विद्यालयमा चोरी भएको छ । अज्ञात समूहले शिवपुर माध्यमिक विद्यालयमा तोडफोड गरी चोरी गरेको हो ।
अज्ञात समूहले विद्यालयको प्रशासन शाखामा तोडफोड गरी कम्युटर लगायतका महत्वपूर्ण जिन्सी सामग्रीहरु र नगद चोरी गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

विद्यालय परिवारले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गरी कारबाही अगाडि बढाउन माग गरेको छ ।













