
डोटी – डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार बेलुकी जिल्लाको दीपायल सिलगढी नगरपालिका-५ स्थित भित्रि सडकखण्डमा से२त ९१०६ नम्बरको इँटा बोकेको ट्र्याक्टर दुर्घटना भएको हो।
दुर्घटनामा ट्र्याक्टरमा सवार आदर्श गाउँपालिका-३ का अन्दाजी २१ वर्षीय केशव विकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका विकलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल रिफर गरिएको थियो। उनको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

त्यसैगरी दुर्घटनामा चालक कैलालीको गोदावरी नगरपालिका-८ का ३८ वर्षीय कृष्ण कामी र ट्र्याक्टरमा सवार दीपायल सिलगढी-५ कै १९ वर्षीय बालाजी कोली सामान्य घाइते भएका छन। कच्ची सडक र खराब बाटोका कारण ट्र्याक्टर पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ।












