डोटीको राजपुर बजारमा सरसफाई

Image
maya metro

डोटी – डोटीको राजपुर बजारमा सरसफाई गरिएको छ । डोटी उद्योग बाणिज्य संघको आयोजनामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरीको समन्वयमा बजार सरसफाई गरिएको हो ।

“खप्तडको मुख्य प्रवेशद्वार, सफा र सुन्दर हाम्रो बजार” नारा सहित बजार सरसफाई गरिएको हो । जिल्लाका बजार क्षेत्र, धार्मिक, पर्यटकीय स्थल, सार्वजनिक स्थलमा मासिकरुपमा सरसफाई गर्ने अभियानको थालनी गरिएको छ ।

nisarga

यस अघि पिपल्ला बजार, बसुधारा क्षेत्र लगाएतका ठाउँहरूमा सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रमलाई यसैगरी निरन्तरता दिईने आयोजकले जनाएको छ ।