चुरेका पहिरो पीडितको अवस्था दयनीय

Image
maya metro

अत्तरिया – शनीबारको दिन दिँउसो १ बजेको समयमा कैलालीको चुरे गाँउपालीका ४ को पहिरो पीडित बस्तीमा पुग्दा सिमसिम पानी परिरहेको थियो । जंगलको बिच भाग,नदीको किनारा, पौनेगडामा रहेको उत्त बस्तीमा केहि वरीपरीबाट काठले बेरीएका झुपडीका खरका छाना छामछुम पारीरहेका थिए,कोहि बच्चा बोकेर घरी आकाश त घरी आफ्नो झुपडीतिर हेरीरहेका थिए ।

केटाकेटीहरु केहि घरका आँगनतिर त केहि बाटोतिर खेलीरहेका थिए । २७६ परिवार रहेको उत्त बस्तीका प्राय सबै घरमा युवा तथा पुरुषको संख्या शुन्य छ । पुरुषहरु रोजगारीको शिलशिलामा कोहि भारततिर छन् भने कोहि नेपालकै विभीन्न ठाँउमा छन् ।

nisarga

देशभित्रै तथा जिल्लाभित्रै हुनेहरु चाडवाड अनी गाँउमा हुने महत्वपुर्ण वैठक,समुह आदीमा छोटो समयकालागी उपस्थीत हुन्छन् , त्यो पनी साहुले भनेको बेला पैँसा दिएमा । बस्तीको उत्तर दिँसातिर छेउमा निर्मला बुढा मगरको झुपडी छ । उनको झुपडी वरीपरी काठले बेरीएको छ भने पातलो प्लास्टीकको छानो हालीएको छ ।

भित्र केहि लुगाकपडा,छोरीका किताबहरु असरल्ल छन् । भुँइभन्दा केहिमाथी उठाएर सुत्ने आँटी बनाईको छ । त्यस्मा चढ्न सानो भर्याङ्ग लगाएकी छिन् । सुत्ने आँटीतिर देखाँउदै उनले भनीन्“ अली ठुलो पानी आँउदा छानो चुहिएर बस्नै मिल्दैन,एउटा त्रिपाल किनेर हाल्न पाए रोक्थ्यो होला । हावा आँउदा कहिलेकाँहि यहि बिस्तरापनी उडाउला झैँ गर्छ । उनका श्रीमान रोजगारीको शिलशिलामा भारतमा छन् । ६ वर्षीय र ६ महिने छोरी सहित उनी गत असारदेखी त्यहाँ बस्दै आएकी छिन् ।

पहिले बस्दै आएको घर अनी भएको जमीन पहिरोले लगेपछी उनी यता सरेकी हुन् । उनले बस्न र खान निकै समस्या भएको बताइन् । श्रीमान घरमा छैनन्,जंगलको बिचमा सानो बच्चा संग एक्लै बस्नुपर्छ जंगलतिर देखाँउदै उनले भनीन “यतातिर कहिले राती केहिले तर्साउछ,कहिले जंगली जनावर नजीकै आएर कराँउछन् ।”

अलीपर प्रतिक्षा रोका मगरको झुपडी छ । उनको झुपडी त झन् एकतिरबाटमात्रै बार लगाइएको छ,तिनतिर खुल्ला छ । पढ्ने उमेरमै विहे गरेकी १७ वर्षीय प्रतिक्षाले यस्तो जंगलको बिचमा असुरक्षीत भएर बस्नुपरेको बताईन् । काठपनी सामुदायीक वनले काट्न दिँदैन उनले भनीन त्रिपाल किन्न सकिएको छैन् ।” गत पुष महिनादेखी सोहि झुपडीमा बस्दै आएकी उनले जंगली जनावर राती नजीकै आएर कराँउदा डरले सुत्नै नसकिने  बताईन् ।

गाँउको बिचमा जम्मल थापा मगरले प्लास्टीकको छानो हालेर सानो किराना पसल संचालन गरेका छन् । तर भएको सामान पनी उधारो मात्रै जाने अनी पैँसा चाँहि महिनौसम्म पनी नउ्ठने भएपछी हैरान छन् उनी । बस्तीमा सबैभन्दा अगाडी आएर बसेका उनले यहाँ थपीदै गएका चुरे ४ का पहिरो पीडीतको सबै मिलेर व्यवस्थापन गर्ने गरेको सुनाए ।

मोहन्याल सामुदायीक वनको उत्त १० हेक्टर जमीनमा आफुहरु बसेकोबारे सबै सरकारी निकयलाई जानकारी गराईएको उनले बताए । पछील्लो समयमा अन्य ठाँउका बाढी पीडीत पनी वडाको सिफारीस बोकेर आउने गरेको उनले बताए । गाँउमा बस्ने सबै परिवारको अवस्था उस्तै प्रकारको छ । गाँउमा कसैको पनी चर्पी छैन । खानेपानीको पनी उस्तै समस्या छ । गाँउका साना बालबालीहरुलाई पढ्का लागी गाँउलेहरुले पैसा उठाएर तिन ओटा टेन्ट गाडेका छन् ।

 

२ कक्षासम्म पढ्ने बालबालीका त्यहाँ पढ्छन् भने बाँकी करिब दुइ घण्टा पैदल हिँडेर कुचैनी पुग्छन् । साना बालबालीका जंगलको बाटोमा एक्लै पठाँउदा दिनभरी बेचैन भएर बस्नुपर्ने बाध्यता भएको स्थानीय सुनीता थापा मगरले बताईन् । पहिरोले आफ्नो घरखेत बगाएपछी घरबार विहीन बनेका उनीहरु राज्यले आफुहरुलाई उपेक्षा गरेको बताँउछन् । सडक संजाल र अन्य सुविधाबाट समेत टाढा र जंगलको बिचमा भएकाले आफुहरुको बासस्थानकालागी वैकल्पीक व्यवस्था गरिदिए उचित हुने उनीहरुको भनाइ छ ।

स्थानीय महिलाहरुले टाढा एकान्तमा बस्ती भएका कारण कुनै काम गरौँ भन्दापनी सम्भव नभएको गुनासो गरे । श्रीमान दैनीक मजदुरीकालागी दार्चुला पुग्नुभएको छ त्यहाँपनी संधै काम पाँईदैन स्थानीय यसोदा मास्कीले भनीन् “ कमाएर उहाँलाई आफै खान ठिक्क हुन्छ, एता आफु र बच्चालाई हातमुख जोर्न निक्कै समस्या छ ।”