
अत्तरिया – कैलालीको चुरे गाँउपालीका ४ की सुनीता थापा मगर न शारीरीक बनावट न पहिरन कुनै पनी हिसाबबाट विवाहित जस्तै लाग्दीनन् । तिनै सुनीताका १० वर्षीय छोरा छन् भनेर पत्याउन जो सुकैलाई मुस्कील हुन्छ । हाल चुरे ४ को पहिरो पीडित बस्ती पौनेगडामा बस्दै आएकी उनले ६ कक्षामा पढ्दैगर्दा ११ वर्षको उमेरमा बिहे गरिन्,१२ वर्षमा आमा बनीन् ।
आहिले आएर सानैमा किन बिहे गरेछु भन्ने पछुतो छ उनलाई । हुन त बिहे आफ्नै राजीले गरेको होईन्,अरुले फकाइ फुल्याई गरेर गरिदिएका हुन् तै पनी पढाई बिग्रीएको र सानैमा ठुलो जिम्मेवारी बोक्नु परेकोले अहिले धेरै पछुतो लाग्छ ,सुनीताले भनीन् । त्यतिबला आफुले भनेको मान्ने बाहेक गर्नसक्ने अरु केहिपनी थिएन उनले थपीन् । कम उमेरमै बच्चा पाएकोले त होला अहिले निकै कमजोरी महसुस हुन्छ, तल्लोपेट दुख्ने समस्या छ सुनीताले भनीन् “उपचार गर्न सँधैको आर्थीक अभावले सकिएको छैन ।”

पढ्ने मन हुँदाहुँदै पनी पढ्न नपाएको उनले गुनासो गरिन् । अहिले आफुसंग न पढाइ छ न आफ्नो हातमा कुनै सिप छ,श्रीमानले ज्याला मजदुरी गर्नुहुन्छ,सँधै काम पाईदैन उनले भनीन्, दैनीक छाक टार्न समेत समस्या हुन्छ । चुरे ४ कै निंगालीमा रहेको घरखेत पहिरोले बगाएपछी उनीहरु पौनेगडाको उत्त बस्तीमा सानो झुपडीमा बास बस्दै आाएका छन् ।
१२ वर्षको कलीलो उमेरमै आमा बनेकी उनलाई अहिले १० वर्षीय छोरा र ६ वर्षीय छोरीलाई पढाउन समेत मुस्कील छ । आर्थीक अभावकै कारण छोराछोरीको पढाइ पनी बिग्रीने हो की भन्ने चिन्ता लाग्ने गरेको उनले सुनाईन् । मगर समुदायमा पहिले छोरीहरु बढेको देख्नै नचाहने,ललाइफकाई गरि बिहे गरि हाल्ने चलन रहेको उनले बताईन् । बस्तीकै मिना थापा क्ष्ोत्रीको अनुभव पनी उस्तै छ ।

१३ वर्षमै परिवारले बिहे गरेर पठाईदिएपछी शारीरीक,मानसिक,आर्थीक अभाव लगाएतका समस्या भोग्दै आएकी छिन् उनले । आफुले पढ्न पनी पाईएन मिनाले भनीन्, छोराछोरीलाई पनी पढाउन सकिएला जस्तो छैन । श्रीमान रोजगारीको क्रममा घर बाहिर छन् उनले भनीन् “त्यहाँपनी सँधै काम पाँईदैन यता आर्थीक समस्याले सताँउदा तनाव हुन्छ ।” १३ वर्षमा बिहे गरेकी २० वर्षीय यसोदा मास्कीका पनी २ छोरी छन् । श्रीमान ज्याला मजदुरीकै क्रममा दार्चुलामा छन् । जंगलको ठाँउ,झुपडीको बास साना बच्चासंग डरैडरले एक्लै बस्नुपरेको पिडा उनले सुनाईन् ।
उनीहरुले अझैसम्मपनी गाँउबस्तीका मगर समुदायमा ललाइफाकाइ गरेर सानै उमेरमा बिहे गरिदिने क्रम नरोकीएको बताए । जस्ले गर्दा महिलाले विभीन्न किसीमका समस्या झेल्नुपर्दछ । बालबच्चा संग महिँनौदेखी जंगलमा झुपडीमा बास बस्दै आएका उनीहरुले आफुहरुको बस्ती कुनै राम्रो ठाँउमा स्थानान्तरण गरिदिन आग्रह गर्दै आएका छन् ।














