कञ्चनपुरमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान

Image
maya metro

कञ्चनपुर – नेपाली कांग्रेस कञ्चनपुरले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालनको तयारी गरेको छ। उक्त अभियान पालिका र वडास्तरमा सञ्चालन गर्न लागिएको हो। कांग्रेस कञ्चनपुरका उपसभापति मीनबहादुर सिंहका अनुसार अभियान सञ्चालन गर्न सवै वडामा प्रतिनिधि खटाइएको बताए।

जिल्लाका नौवटै पालिकाका ९२ वडामा प्रतिनिधि खटाइएको छ। चैत १० देखि १९ गतेसम्म पालिकास्तरमा अभियान सञ्चालन गरिनेछ। चैत १० गते बेदकोट, चैत १२ मा शुक्लाफाँटा, चैत १३ मा कृष्णपुर, चैत १४ मा लालझाडी, चैत १५ मा पुनर्वास, चैत १६ मा बेलौरी, चैत १७ मा बेलडाँडी, चैत १८ मा दोधारा चाँदनी तथा चैत १९ मा भीमदत्त नगरमा कार्यक्रम सञ्चालन गरिनेछ।

nisarga

पालिकास्तरका नगरसभामा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको उपस्थितिमा कार्यक्रम गरिने उपसभापति सिंहले बताए।

रासस