हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) को डोटी अध्यक्षमा खड्का

Image
maya metro

डोटी – हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) डोटी शाखाको अध्यक्षमा कुवेर खड्का सर्वसम्मत निर्वाचित भएका छन् । दिपायलमा आयोजित हानको दोस्रो अधिवेशनबाट खड्काको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।

हानको वरिष्ठ उपाध्यमामा रमेश प्रसाद जोशीलाई चयन गरिएको छ । त्यस्तै उपाध्यक्षहरुमा जमुना बोहरा, नरेश बोहरा, प्रकाश बहादुर चन्द, दिनेश बहादुर रोकाया चयन भएका छन् ।
सचिवमा धन बहादुर कुँवर, सह–सचिवमा महेश भट्ट, कोषाध्यक्षमा गंगा कुँवर चयन भएका छन् । अधिवेशनबाट अन्य सदस्यहरु पनि चयन गरिएको छ भने वरिष्ठ सल्लाहकारमा आर्यान साउँद र सल्लाहकारमा अनिल कुमार बिष्ट चयन भएका छन् ।

nisarga

निर्वाचित भएपछि अध्यक्ष खड्काले संस्थाको विधि विधान अनुरुप पेशाकर्मी र संगठनको हितका लागि काम गर्ने बताएका छन् । उनले स्वास्थ्यकर्मीहरुमाथि हुने अन्याय, असमानतालाई मुल अजेण्डा बनाएर निस्वार्थ रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।