चुनावी चहलपहल: सुदूरपश्चिमका पहाडी जिल्ला जाने सवारी भरीभराउ

Image
maya metro

अत्तरिया – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दलहरु अहोरात्र खटीएका छन् । निर्वाचनको मिती नजीकिएसंगै चुनावी चहलपहल बढेको छ भने सुदूरपश्चिमका पहाडी जिल्ला जाने सवारीसाधनहरु भरीभराउ हुन थालेका छन् ।

उम्मेदवारहरु घर बाहिर रहेका आफ्ना मतदातालाई सकेसम्म घर फकाईरहेका छन् । चुनाव आउन ६ दिन मात्रै बाँकी रहँदा चुनावकैलागी गृह जिल्ला फर्किने व्यत्तिहरुको संख्या बढेको छ । कैलालीको अत्तरिया बसपार्कमा सुदूरपश्चिमका पहाडी जिल्ला चल्ने सवारी पुर्णरुपमा भरभिराउ हुने गरेका छन् । सुदूरपश्चिम यातायातको टिकट काउन्टरमा बस्दै आएका राजेन्द्र विष्टले केहिदिनदेखी सुदूरपश्चिमका सातै ओटा पहाडी जिल्ला जाने सवारीहरु पुर्णरुपमा भरीभराउ भएर जाने गरेको बताए ।

nisarga

आउट गाडी त अहिलेसम्म पठाएका छैनौँ उनले भने “अन्य समयभन्दा निकै भिडभाड बढेको छ, काठमाडौं लगाएतका ठाँउबाट धेरैजना आउनुहुन्छ,एकदुई दिनमा यो संख्या अझै बढ्न सक्छ ।” उम्मेदवारहरुले जिल्ला बाहिर रहेका आफ्ना मतदाताकालागी रिर्जव गरेरै गाडी पठाउने गरेका छन् ।

गोदावरी अस्थाई प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक चक्र मल्लले हिजोआज दैनीक २७५ भन्दा बढी सवारी गोदावरीबाट पहाडी जिल्लाका लागी बाहिरिने गरेको बताए । यात्रुको चापपनी अन्य समयको भन्दा बढी छ मल्लले भने, हिजोआज स्कारपियो र जीप बढी चल्ने गरेका छन् ।”