
डोटी – कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ।
मालीका यातायातको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान ५: ४५ बजेको समयमा डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा दुर्घटना भएको जिल्ला ट्राफीक प्रहरी कार्यालय डोटीले जनाएको छ ।

बसमा सवार ३० जना घाइते भएका छन्। उनीहरुमध्ये सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल डोटी लगिँदै गरेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी खटीएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।













