स्याउलेमा गोपाल देउवाको अध्यक्षतामा बजार व्यवस्थापन समिति गठन

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ को स्याउलेमा बजार व्यवस्थापन समिति गठन गरिएको छ ।

हार्डवयर व्यवशायी गोपाल देउवाको अध्यक्षतामा १३ सदस्यीय बजार व्यवस्थापन समिति गठन गरिएको हो ।

nisarga

समितिको उपाध्यक्षमा प्रकाश कुँवर चयन भएका छन् । त्यसैगरी महासचिवमा गौतम विसी चयन भएका छन् भने कोषाध्यक्षमा शान्ती ओली र सचिवमा उत्तम अधिकारी चयन भएका छन् ।

सदस्यहरुमा पुष्पराज पाठक,लीला परियार,रुद्र भुल,विरेन्द्र चौधरी,नविन विष्ट,रमिता चौधरी निशान्त मल्ल सर्वसम्मत चयन भएका छन् । गठन भएको समितिले व्यवशायीहरुको हकहितकालागी काम गर्ने अध्यक्ष देउवाले बताएका छन् ।