
अत्तरिया – कैलालीको अत्तरियामा १५ करोडको लगानीमा शुरु भएको अत्तरिया अस्पतालको सेवा सुचारु भएको छ ।
अत्तरिया अस्पतालले जेठ १ गतेबाट सेवा सुचारु गरेको हो ।आज अस्पतालले परिसर मै पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालले दिने सेवाको बारेमा जानकारी दिएको हो ।

अस्पतालका प्रमुख डा .आनन्द पाठकले २४ घण्टा नै अस्पतालले सेवा दिइरहेको बताए । हाल अस्पतालले १५ बेडको स्वीकृती पाएको भए पनि पछि १०० बेड सम्म जाने गरे भौतिक संरचना बनाइएको डा पाठकले बताए । उनले हाल अस्पतालमा सबै उपकरणहरु नयाँ र आधुनिक भएको बताए ।
डा पाठक सँगै हाल अस्पतालमा १० जना अन्य डाक्टरहरुले पनि सेवा दिईरहेको अस्पतालले जनाएको छ ।


















