बझाङको ताक्लाकोट नाका खोल्न बझाङवासीको माग

Image
maya metro

बझाङ – बझाङको ताक्लाकोट नाकालाई वैधानिक रुपमा खोल्न माग गरिएको छ। बर्सेनी ३ करोडभन्दा धेरैको यार्सागुम्बालगायत अन्य बहुमूल्य जडीबुटीको कारोबार हुने गरेकाले त्यस नाकालाई वैधानिक रुपमा खुला गर्न बझाङवासीले माग गरेका हुन्।

नाका खोल्न नसक्दा बर्सेनी करोडौँ राजश्व चुहावट हुँदै आएको छ। चैनपुरबाट ८५ किलो मिटरको दूरीमा रहेको ताक्लाकोट नाका साइपाल गाउँपालिकासँग जोडिएको छ। तर त्यहाँ सरकारको कुनै पनि निकाय नभएका कारण राजश्व चुहावट भइरहेको साइपाल गाउँपालिकाका निवर्तमान अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए। निर्वाचित भएपछि आफूले नाका खोल्न पटकपटक प्रदेश र सङ्घ सरकारसँग माग गरे पनि सुनुवाइ नभएको उनले बताए।

nisarga

बझाङबाट यार्सागुम्बा, वन लसुन, कटुकी, सतुवा, पाँच औँलेलगायत जडीबुटी निकासी हुने गरेको छ। यस्तै निगालोबाट बनेका सामानहरु, मह, घिउ, छुर्पी, खुर्सानीलगायतका दैनिक उपभोग्य वस्तु चौँरी, भेडा र खच्चरमार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरेको स्थानीयले बताएका छन्। उताबाट भने नुन, कपडा, जुत्तालगायतका वस्तु आयात हुने गरेको छ।