डोटीमा एक शिक्षक मृत फेला

Image
maya metro

डोटी – डोटीमा एक शिक्षक मृत फेला परेका छन्। जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–४ सातफरी न्वादेउका २० वर्षीय शिक्षक भरत बिक मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय डोटी अनुसार उनी बिहीबार बिहान घर नजिकैको एक पसलमा मृत फेला परेका थिए। अहिले इलाका प्रहरी कार्यालय खत्याडीको प्रहरी टोली घटनास्थलतर्फ गईरहेको छ।

nisarga

मृतकको कम्मर र खुट्टामा चोट लागेको छ। उनी विगत केही वर्ष यता सातफरी आधारभूत विद्यालयमा कार्यरत थिए।