
अत्तरिया प्रतिभा सामुदायिक पुस्तकालय अत्तरियाको १३ औं साधारणसभा सम्पन्न भएको छ । शनिबार सुदुरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैकाको प्रमुख आतिथ्यमा एक औपचारिक कार्यक्रमका बिच साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै मन्त्री रैकाले पुस्तकालयले सुदुरपस्चिमको भाषा,सँस्कृती तथा कला संरक्षणमा विशेष भुमिका खेलेको बताए । उनले हाम्रो,कला सँस्कृती हाम्रो पहिचान भएकोले यस्को बचाउमा हामी सबै लाग्नुपर्ने बताए ।
सुदुरपस्चिमका वरिष्ठ साहित्यकार निर्मल कुमार भण्डारी र गायिका डिग्रा गाइने सम्मानित भएका छन् ।
साहित्यकार भण्डारी मुडभरी साहित्य पुरस्कर – २०७७ तथा गायिका गाइने गणेश-शारदा स्मृति लोक पुरस्कर –२०७८ बाट सम्मानित भएका हुन् ।
साधारणसभामा सँस्थामा विभिन्न तहबाट सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मानित गरिएको थियो ।
पुस्तकालयमा आजै नँया कार्यसमिति पनि चयन गरिने भएको छ ।
पुस्तकालयका अध्यक्ष पुष्पराज जोशिको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव पदम साँउदले गरेका थिए ।



















