
अत्तरिया – प्रतिभा सामुदायीक पुस्तकालय अत्तरियाको अध्क्षमा पुष्पराज जोशी भयन भएका छन् । शनिबार सम्पन्न साधारण सभाबाट अध्यक्षमा जोशी पुन: समिति को अध्क्षमा चयन भएका हुन् । समिति को उपाध्यक्ष मा यज्ञराज हमाल चयन भएका छन् ।
त्यस्तै सचिबमा राजबहादुर कडायत, सह- सचिबमा भुपेश जोशी र कोषाध्यक्षमा धर्म सिहं कुँवर चयन भएका छन् । समितिका सदस्यहरुमा तपराज ओझा, बिश्वनाथ ओझा,डम्मर सिँ कडायत र हेमन्त जोशी चयन भएका छन् । थप २ सदस्य समितिले मनोनित गर्ने ब्यबस्था रहेको छ ।

समितिको कार्यकाल ४ बर्ष रहेको छ । २०५७ मा स्थापना भएको उक्त पुस्तकालयको संस्थाको आफ्नै भवन रहेको छ । हाल संस्थामा ४३५ जना आजिबन सदस्य रहेका छन् ।



















