चिसापानीमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
सुर्खेत – रुकुम पश्चिम आठविसकोट नगरपालिका–११ चिसापनी नजिकै जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका वडा नम्बर ८ दुलिका कबिराम बिक र सहचालक मुसिकोट नगरपालिका वडा नम्बर ११का कमल खड्का रहेका ईप्रका आठबिसकोटले जनाएको छ।
राडीबाट रिम्ना तर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप शनिवार बेलुका दुर्घटना भएको हो।
उक्त जिपमा दुई जना मात्र रहेको खुलेको छ। प्रहरीका अनुसार जिप अनियन्त्रित भएर भेरी नदिमा खसेको हो।