आज देशका धेरै स्थानमा वर्षाको सम्भावना

Image
maya metro

काठमाडौँ – आज कर्णाली प्रदेशका थोरै स्थान, प्रदेश १ को दक्षिणी क्षेत्रका थोरै स्थान, सुदूरपश्चिम प्रदेशका एक–दुई स्थान, बागमती प्रदेशको मकवानपुरलगायत स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ र देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

nisarga

यस्तै राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ का एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

 प्रदेश १ का एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।