सेती नदीमा सडेको अवस्थामा एक जनाको शव फेला

Image
maya metro

डोटी – डोटीको सेती नदीमा एक जनाको शव फेला परेको छ। जिल्लाको शिखर नगरपालिका ११ तल्लिसातस्थित सेती नदीमा एक जनाको शव फेला परेको हो।

शव फेला परेको स्थानमा जिल्ला प्रहरी कार्यालय डोटीको टोली खटिएको र शवको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

nisarga

शव सडेको अवस्थामा रहेकाले पहिचान हुन नसकेको प्रहरीले बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।