सामुदायिक वनका अध्यक्ष वन कार्यालय डडेल्धुराको नियन्त्रणमा,भ्रष्टाचार स्विकार

Image
maya metro

डडेल्धुरा – डडेल्धुराको आलिताल गाउँपालिका– ३  स्थित तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैलाई डिभिजन वन कार्यालय डडेल्धुराले नियन्त्रणमा लिएको छ।

शुक्रबार मडैसँगै समितिका कागजपत्र नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ। कार्यालयका अधिकृत रामविचारी ठाकुरका अनुसार मडैले भ्रष्टाचार गरेको स्विकार गरेका छन्। उनीमाथि अनुसन्धान भइरहेको छ।

nisarga

बिहीबार राति धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले अध्यक्ष मडैलाई भ्रष्टाचारको आरोपमा कालोमोसो दलेका थिए।