डडेल्धुराबाट लाइसेन्स वितरण गर्ने तयारी

Image
maya metro

डडेल्धुरा – सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुराबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)वितरणको तयारी गरीएको छ । लाइसेन्सका लागि भदौ पहिलो साताभित्रै प्रयोगात्मक परीक्षा ट्रायल उद्घाटन गर्ने तयारी रहेको बताइएको छ।

अहिले लाइसेन्स वितरणका लागि अनलाइन आवेदन खुल्ला गरिएको र साउन १७ र १८ गते आवेदकलाई कार्यालयमा उपस्थित हुन मिति तोकिएको यातायात व्यवस्था कार्यालय डडेल्धुराका प्रमुख मेखराज उपाध्यायले बताए। प्रयोगात्मक परीक्षाका लागि यातायात व्यवस्था कार्यालय डडेल्धुरासँग आफ्नै ट्रायल सेन्टर छैन।

nisarga

त्यसका लागि कार्यालयले अमरगढी नगरपालिकामै रहेको उग्रतारा ड्राइभिङ सेन्टरको ट्रायल सेन्टर भाडामा लिएको छ।सुदूरपश्चिममा लाइसेन्स वितरण धनगढी र महेन्द्रनगरको यातायात कार्यालयले मात्रै गर्दै आएका छन्। प्रदेशभरका नागरिकले धनगढी र महेन्द्रनगर पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि डडेल्धुरा र डोटीमा पनि सेवा कार्यालय स्थापना गरिएको थियो। डोटीको यातायात कार्यालयले भने आफ्नै ट्रायल सेन्टर निर्माण गरिसकेको छ