डोटीको आदर्श गाउँपालिकाको नाम परिवर्तन गरिने

Image
maya metro

डोटी – डोटीको आदर्श गाउँपालिकाले पालिकाको नाम परिवर्तन गर्ने निर्णय गरेको छ । असार २९ गते बसेको गाउँसभाले नाम परिवर्तन गर्ने प्रस्ताव बहुमतले पारित गरेर माथिल्लो निकायमा पठाएको हो ।

गाउँपालिकाको नाम परिवर्तन गरेर ‘पश्चिमचौकी आदर्श गाउँपालिका’ नाम राख्ने प्रस्ताव साउन १० गतेको नीति तथा कार्यक्रममा समेत प्रस्तुत गरिएको थियो । गाउँसभा र नीति तथा कार्यक्रमबाट नाम परिवर्तनको प्रस्ताव पास भएसँगै माथिल्लो निकायमा पठाइएको गाउँपालिकाका अध्यक्ष गणेश खड्काले बताए ।

nisarga

‘डोटीका सबै स्थानीय तहको नाम ऐतिहासिक पहिचानबाट राखिएको छ,‘खड्काले भने,‘ बहुसंख्यक जनसमुदायले नाम परिवर्तनको माग गरिएपछि आर्दशको पनि ऐतिहासिक पहिचानका आधारमा नाम राख्ने निर्णय गरेका हौं ।’

आदर्श गाउँपालिकालाई नामबाट आदर्श नभई कामबाट आदर्श गाउँपालिका बनाउने अठोटका साथ नयाँ नाम प्रस्ताव गरिएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी धामीले बताइन् ।