टिकापुरमा ठगी गर्ने महिला प्रक्राउ

Image
maya metro

अत्तरीया – कैलाली प्रहरीले ठगीको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । टीकापुर नगरपालिकाका विभिन्न गाउँमा पैसा असुलेको आरोपमा २४ वर्षीया कविता थारुलाई पक्राउ गरिएको हो ।

उनी बर्दियाको राजापुर नगरपालिका–१० खैरीचन्दनपुरकी बासिन्दा रहेको इलाका प्रहरी कार्यालय टीकापुरले बताएकोे छ । उनीमाथि विद्यार्थीका अभिभावकबाट ५ सय असुलेको आरोप छ । थारुले सो बाफत विद्यार्थीलाई पोशाक, कापीकलम, झोला लगायतका सामान उपलब्ध गराउने आश्वासन दिएकी थिइन् ।

nisarga

गुड नेवर्स नामक संस्थामा काम गर्ने बताउने उनले पदमपुरमा ७७ जना, वनगाउँमा ८७ जना, फाँटामा ६६ जना र झुँगामा ७४ जनाबाट जनही ५०० का दरले १ लाख ५२ हजार रुपैयाँ संकलन गरेकी छन्। प्रहरीले वैशाख र जेठ महिनामा समेत उनले धेरै अभिभावकबाट पैसा संकलन गरेको हुनसक्ने बताएको छ। ठगी गरेको भन्दै ४ जनाले उजुरी दिएको आधारमा थारुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

पाण्डेको खोजी भइरहेको र थारुमाथि जिल्ला अदालत कैलालीले ६ दिनको म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक शाहीले बताएका छन् ।