
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ अत्तरियामा रहेको किसान कृषी सहकारी सँस्था लिमीटेडको सातौँ वार्षीक साधारणसभा सम्पन्न भएको छ ।
मंगलबार सँस्थाका अध्यक्ष कृष्णा भाट को सभापतित्व तथा गोदावरी नगरपालीकाका उपप्रमुख शारदा देवी रोकायाको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै उपप्रमुख रोकायाले सहकारीहरुले नागरिकको जनजिवन उकास्नमा महत्वपुर्ण भुमीका खेलेको बताईन् ।


पछील्लो समयमा सहकारी महिलाहरुको आकर्षण झनै बढ्दै गएको उनले बताईन् । सहकारीले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुकासाथै साहुले लिने चर्को ब्याजबाट समेत मुत्ति दिलाएको उनको भनाई थियो । २०७२ साल सावन १२ गते अत्तरियामा २७ जना शेयर सदस्यबाट सुरु गरिएको उत्त सहकारीमा अहिले २०७९ असार मसान्तसम्म १६६६ जना शेयर सदस्य रहेका छन् ।
२०७९ असार मसान्तसम्म सँस्थामा ४७ लाख ८१ हजार शेयर पुँजी रहेको छ । जगेडा कोषमा २१ लाख ६३ हजार २७५ रुपैँया रहेको छ । निक्षेप बचत तर्फ २ करोड ४३ लाख ५८ हजार ४६० रुपैँया रहेको छ । त्यसैगरी सँस्थाले तिर्नुपर्ने ऋण ३३ लाख ११ हजार १६१ रुपैँया रहेको छ । आर्थीक वर्ष २०७८÷७९ मा असार मसान्तसम्म सँस्थाले ३ करोड ३४ लाख ३४ हजार ५४० रुपैँया ऋण लगानी गरेको छ जस्मा कृषीतर्फ ३ लाख ९७ हजार ८९ रुपैँया रहेको छ ।

सँस्थाले आर्थीक वर्ष २०७८÷७९ मा कुल ७ हजार ७०५ रुपैँया नाफा कमाएको छ । आर्थीक वर्ष २०७८÷७९ मा असार मसान्तसम्म सँस्थाले उठाउनुपर्ने ब्याज मात्रै २ लाख २४ हजार रहेको छ । अत्तरियाको नमस्ते पार्टी प्यालेसमा सम्पन्न भएको सातौँ साधारणसभामा विभीन्न संघ सँस्थाका प्रतिनिधीहरु,सँस्थाका विभीन्न समितिका पदाधिकारीहरु,कर्मचारी लगायत उल्लेख्य मात्रामा शेयर सदस्यहरुको उपस्थीती रहेको थियो ।
कार्यक्रममा सँस्थाका कर्मचारीहरु गोमती चन्द,सानु कुवर,खगी ओली,सरस्वती थापा,सहदेव ओझा ,जसु रावल र कार्यालय सहयोगी सिता देवी सिहंलाई सम्मान समेत गरीएको थियो ।
















