मानाङ्क बचत तथा ऋण सहकारीको ११ औँ साधारण सभा सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ अत्तरियामा रहेको मानाङ्क बचत तथा ऋण सहकारी सँस्था लिमीटेडको ११ औँ वार्षीक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार अत्तरियामा सँस्थाका अध्यक्ष वेद प्रकाश पाण्डेय तथा राष्ट्रीय सहकारी बैंक धनगढीका प्रमुख कृष्ण रावलको प्रमुख आतीथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

nisarga

कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष पाण्डेयले प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिवेदन संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक हरिदत्त भट्टराईले प्रस्तुत गरेका थिए ।

साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन अनुसार सँस्थाले आर्थिक वर्ष २०७८ र ०७९ को असार मसान्त सम्म १८ करोड ३ लाख ९१ हजार ९ सय २२ रुपैया बराबरको आर्थिक कारोबार गरेको छ । उक्त कारोबारबाट संस्थाले ४४ लाख रुपैया नाफा कमाएको छ ।

आर्थिक वर्ष २०७८र०७९ को असार मसान्त सम्म संस्थाको शेयरपुँजी १ करोड ८० लाख ६३ हजार ६ सय रुपैया रहेको छ ।

२०६७ साल असोज २६ गते स्थानिय २६ जनाबाट सुरु भएको सहकारीमा हाल २०११ जना शेयर सदस्यहरु रहेका छन ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट व्यक्तिहरुलाई सम्मानित समेत गरेको थियो ।