
अत्तरिया – कैलालीको अत्तरियामा विद्यालय खानेपानी तथा स्वच्छता प्रर्वद्धन,संक्रमण रोकथाम तथा प्रगती समिक्षाकालागी नगरपालीका स्तरीय वैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार नगरपालीका स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समुन्वय समिति गोदावरी नगरपालीकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । प्रयास नेपालले जिआइ जेडको सहयोग तथा गोदावरी नगरपालीका संगको सहकार्यमा नगरपालीकाभित्रका आठ ओटा विद्यालयमा खानेपानी,महिनावारी स्वच्छता,विद्यालय विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्दै आईरहेको छ ।

कार्यक्रममा गोदावरी नगरपालीकाका मेयर विरेन्द्र भट्ट,वडा अध्यक्षहरु,शिक्षा शाखाका प्रतिनिधी,सामाजिक विकास शाखाका प्रतिनिधी,महिला विकास शाखाका प्रतिनिधी,विभीन्न विधालयका प्रतिनिधी लगायत संध सँस्थामा आवद्ध व्यत्तिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा प्रयास नेपालका कार्यक्रम संयोजक राम बानीयाले वर्षभरी गरेको कार्यक्रमको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा वडा अध्यक्षहरुले प्रयास नेपालले कार्यक्रम लागु गरेको विद्यालयमा सरसफाई लगायतको सुविधा राम्रो भएको बताएका थिए । तीन नम्बर वडाका वडा अध्यक्ष तेजराज अवस्थीले कार्यक्रम लागु भएका विद्यालयमा सरसफाईको अवस्था राम्रो भएपनी बाँकि केहि विद्यालयमा भने सौचालय निकै अव्यवस्थीत भएको पाईएको बताएका थिए ।
कार्यक्रम संयोजक बानीयाँले सँस्थाले चालु आर्थीक वर्षमा लागु गरीने योजनाको बारेमा पनी जानकारी गराएका थिए ।



















