
कैलाली – चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको बझाङको दुर्गम साईपाल गाउँपालिकामा सिटामोललगायतका औषधिको अभाव भएको छ । गत वर्षमा खरिद गरिएका औषधिहरुको मौज्दात सकिएपछि गाउँपालिकाको काडा स्वास्थ्य चौकीमा औषधि अभाव भएको हो ।
साईपालमा औषधि सकिएपछि सामान्य विरामीहरुलाई पनि औषधि नदिएर चेकजाँच गरेर मात्रै घर पठाउने गरिएको त्यहाँका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

सदरमुकाम चैनपुरबाट चार दिनको पैदल दूरीमा रहेको गाउँपालिकामा खच्चर तथा भरियाबाट मात्र सामान ढुवानी गर्नुपर्ने अवस्था छ ।
वर्षायाम सुरू भएसँगै गाउँपालिका जोड्ने एकमात्र घोरेटो बाटो अवरुद्ध भएका कारण खाद्यान्न र औषधिलगायतका सामान अभाव भएको हो ।
















