
अत्तरिया – डोटीको विपीनगरकी तुल्सी बोहराले नौ वर्षअघि बैतडीको मेलौलीका महेस भट्टसंग प्रेम विवाह गरीन् । विवाहपछी उनीहरु धनगढी आएर कोठा भाडामा बस्न थाले । महेसले साहुको बस चलाँउथे । करिब दुई वर्ष धनगढी बसेका उनीहरु पछी अत्तरिया आसपास कोठा भाडा लिएर बसे । उनीहरुको जीन्दगी रमाईलै चलीरहेको थियो । श्रीमानले कहिलेकाँहि मदीरा सेवेन गर्ने गरेको भए त्यसको असर वैवाहिक जीवनमा नपरेको तुल्सी बताँउछीन् ।
बिहेको करिब तीन वर्षपछी छोरा जन्मीए । तुल्सी छोराकै स्याहार सुसारमा व्यस्त हुन थालीन,महेसले आफ्नो कामलाई नै निरन्तरता दिए । “त्यहि बिचमा अर्को छोरापनी जन्मेपछी मैले न कहिले कोठाबाट निस्कीने फुर्सद नै पाए तुल्सीले भनीन् उनी संधै काममै जान्छ्न कामबाटै आँउछन् भन्नेमा म संधै विश्वस्त हुन्थे ।” २०७७ को माघमा घरबाट गाडीको लाईसेन्स लिन पोखरा जान्छु भनेर निस्केका श्रीमानले अर्कै केटी लगेर गएको भन्ने सुनेपछी तुल्सीलाई पत्याउनै मुस्कील पर्यो ।

उनले फोन गरीन् । तिमी को संग छौँ? भनेर सोध्दा “मैले अर्को बिहे गरीसके,तँ अबदेखी मलाई फोन नर्गनु” भन्ने महेसको जवाफले तुल्सीलाई वेचैन भयो । उनलाई ठट्टा गरेको होला भन्ने लाग्यो । फेरीफेरी फोन गर्दा उनले संगै कोहि बोलेको सुनेपछी पत्याउनै पर्यो । त्यो खबरले एकैछिन् त छोराहरुलाई पनी मारेर आफुपनी मरौँ की जस्तो भयो उनले भनीन् “तर मुना जस्ता मेरा छोराहरुको मायाले कहाँ त्यसो गर्न सक्थेर आफैले रोजेर बिहे गरेका श्रीमानले यसरी विचल्लीमा पार्लान भनेर कहिले कल्पना नै गरेको थिईन् ।” श्रीमानले अर्को बिहे गरेको भन्ने निश्चीत भएपछी उनले ईलाका प्रहरी कार्यालय मालाखेतीमा खबर गरीन् ।
प्रहरीले खोजीगरी जिल्ला प्रहरी कार्यालय कैलालीले महेस सहित ति युवतीलाई पनी हिरासतमा राख्यो । आफै मन पराएर,माया गरेर श्रीमानलाई प्रहरी हिरासतमा राख्न तुल्सीलाई पनी रहर थिएन । केटीसंग छुटाउन पर्ने अनी आफ्नो नागरिकता,बिहेदर्ता र छोराहरुको जन्मदर्ता बनाउनुपर्ने माग तुल्सीले राखेकी थिईन् । त्यतिबेला घरपरिवार विशेषगरी जेठाजुले हिरासतबाट छुटाउन लगाउ,कागजात बनाउनेदेखी सबैजिम्मा म लिन्छु भनेपछी उनी सहमत भईन् । हिरासतभित्रैबाट महेसलेपनी म सबै कागजात बनाउँछु र ति युवतीलाई पनी छोड्छु भन्ने बचन दिए । महेस र ति युवतीले आफुहरु अब संगै नबस्ने भनेपछी तत्काल तुल्सीले भने बमोजीमका कागजात बनाउनुपर्ने शर्त सहित प्रहरीले उनीहरु दुवैजनालाई छोड्यो ।
हिरासतबाट छुटेको पहिलो दिन महेस र तुल्सी संगै बसे । दोस्रो दिनबाट फेरी ति युवतीले मलाई लिन आउ,मेरो बेइज्जत भयो भनेर बारम्बार महेसलाई फोन गर्न थालीन् । उनले आफुलाई लगेर नगए तिम्रो नाममा नोट लेखेर मरिदन्छु भन्दै धम्की दिन थालीन् । त्यतिबेला ति युवतीले आफ्नो नाममा सुसाईट नोट लेखेर मरेमा आफु जीवनभरी जेल बस्न पर्ने र छोराहरुको पालनपोषणमा समस्या हुने भन्दै फकाए तुल्सीले सुदूरटाईम्स संग भनीन् “मैले पनी दुवैको जिम्मेवारी लिनेभए जेलबस्नुभन्दा ल्याउ न त भनेर सहमति दिए ।” तुल्सीले सहमति दिएको केहि घण्टामै ति युवती आईन् ।
त्यहि बिचमा महेसले भाडाको कोठा छाडेर कञ्चनपुर स्थीत गुलरीयामा रहेकोे दाईको घरमा बस्नेभने । तुल्सीका अनुसार उनलाई गुलरीयाकै एक होटलको माथील्लो तलामा कोठा खोजेर राखे ,आफुभने ति युवतीसंग दाईको घरमा बस्न थाले । पटकपटक तुल्सीले आफ्ना सबै कागजात बनाईदिन आग्रह गरीन् । तर ति अर्की युवतीले तुल्सीको बिहेदर्ताको कागज बनाए आफु नबस्ने बताउन थालीन् । त्यसपछी श्रीमान महेस र उनका दाजुले ती युवती संगको बिहेदर्ता बनाउने र तुल्सीका ुछोराहरुको जन्मदर्तापनी तीनै युवतीको नामबाट बनाईदिने बन्दै फकाउन थाले । तर त्यो कुरा मान्न तुल्सी तयार भईनन् ।
मेरा छोराहरु समेत मेरा नरहने भएपछी म त्यो कुरा मान्न तयार भईन तुल्सीले भनीन् त्यसपछी मेरो श्रीमान,ति युवती र जेठाजु जेठानी भएर मलाई कोठाबाट निकालीदीने,मारीदिने सहितका धम्की दिन थाले । एकदिन आफ्नै कोठामा छोरालाई दुध खुवाएर बसेरहेकी थिए । त्यहि बेला चारैजना आएर एक्कासी मलाई यहाँबाट निस्के होईन भने छोराहरुसहित तँलाई मारीदिन्छौँ भन्दै हातपात गरे,मोबाइल खोसेर लगे । छोराहरु एकातिर रुनथाले,म एकातिर । घटनाबारे सुनाँउदै उनले भनीन् त्यहाँबाट निस्केर जाने मेरो कतै ठाँउपनी थिएन् ,न म संग पैसा नै थियो । त्यसपछी पनी दिनहुँ आएर यहाँबाट निस्कीन भन्दै दवाव दिन थालेपछी आफ्नो माथील्लो कानमा भएको दुई आना सुनको बाली बेचेर कोठा भाडा तिरेर अत्तरिया मामा माईजु कहाँ आएर बसे ।”
जेठाजुले जात नमीलेको र समपत्ति नभएको कुरा समेत कुपटीटका क्रममा निकालेको उनको गुनासो छ । त्यो भन्दा अघि माइतीलाई पनी के तनाव दिनुभन्दै कसैलाई पनी यो सबै कुरा नभनेको उनले बताईन् । नौ कक्षामा पढ्दैगर्दा १५ वर्षकै उमेरमा बिहे गरेकी उनीसंग अहिले कुनैपनी खालको कागजात छैन । न नागरिकता छ,न बिहेदर्ता छ,न छोराहरुको जन्मदर्ता छ तुल्सीले भनीन् “श्रीमानलाई पहिलेदेखी नै बिहेदर्ता गरौँ भनेर पटकपटक आग्रह गर्दापनी पछी बनाउँला भन्दै टार्यो अहिले एता न उताको बनायो । स्कुलले छोराको जन्मदर्ता धेरै पटक मागीसक्यो तर मैले अहिले श्रीमान बाहिर हुनुहुन्छ भन्दै ढाँट्दै आएकी छु ।”
पटकपटक फोन गर्दा पनी उठाँउदैन उनी भन्छीन् “मलाई अरु कुराको आस त मरिसक्यो कागजात मात्रै बनाईदिएपनी हुन्थ्यो ।” ६ वर्षीय र तीन वर्षीय छोराको साथमा कोठा भाडा तिर्न र छोराहरुको स्कुलको शुल्क तिर्न समेत गाह्रो भएको उनले बताईन् । डेढ वर्षदेखी मामा माइजु र माइतीको सहयोगमा अत्तरिया बसपार्कमा ठेलामा फलफुल बिक्री गरेर गुजारा गर्दै आईरहेकी उनले मुद्धा प्रक्रियामा जान समेत आर्थीक अवस्था बाधक भएको बताईन् । गुजारा गर्ने बाटो यहि ठेला हो सँधै राम्रो व्यापार हुन्छ भन्ने हुँदैन,खान,कोठा भाडा तिर्न,छोराहरुको खर्च धान्नै मुस्कील हुन्छ ठेलातिर देखाँउदै उनले भनीन् “यहि छोडेर उता जाँउ भने आजै समेत के खाने भन्ने पीर हुन्छ, त्यसैले निवेदन दिएदेखी दोस्रो पटक नगरपालीका जान समेत पाएको छैन् ।”
व्यापार छोडेर मुद्धाको पछी जाँदा यताको कमाई छुट्ने र उता अटो भाडा लगायतका खर्च हुनेहुदा दोहोरो घाटा हुने तुल्सीको भोगाई छ । अहिले तुल्सीले बिहेदर्ता,नागरिकता र छोराहरुको जन्मदर्ता नबनाईदिएको भन्दै कृष्णपुर नगरपालीकाको न्यायिक समितिमा निवेदन दिएकी छन् । जेठकै महिना निवेदन दिएको भएपनी अहिलेसम्म कुनै पहल नगरेको उनले गुनासो गरीन् । सम्बन्धीत निकायले आफ्नो जिम्मेवारी र श्रीमानले आफ्नो कर्तव्य पुरा गर्ने उनले आसा गरेकी छिन् । महिला अगुवा सविता भण्डारी तुल्सीले छिटो न्याय पाउनुपर्ने बताँउछीन् ।
परिवारले समेत ललाईफकाइ गरेर जीप्रकाबाट छुटाउनेदेखीका कामहरु गरेका छन् भट्टले भनीन् “जेठाजु जेठानी समेतलाई सोधेर खोजी गर्नुपर्नेमा फेला परेन भन्दै प्रहरी पन्छीन् थालेको छ ।” कृष्णपुर नगरपालीकाकी उपप्रमुख एवम् न्यायिक समितिकी संयोजक द्रोपती रानाले महेस भट्टको खोजी गनरीदिनकालागी आफुहरुले ईलाका प्रहरी कार्यालय गुलरीयालाई खबर गरीसकेको बताईन् ।
हामीले त्यतिबेलै खोजीगरीदिन आग्रह गर्दै पत्र काटेका हौँ उनले भनीन् तर फेला पार्न नसकेको उहाँहरुले जवाफ दिनुभएको छ ।”जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्र शाहले आफुहरुले खोजीकार्य जारी राखेको बताएका छन् । यस विषयमा तुल्सीका श्रीमान महेस भट्टलाई फोन सम्पर्क गर्न खोज्दा फोन उठेन ।














