
अत्तरिया – कैलालीको गोदावरी नगरपालीक वडा नम्बर १ बस्न्तपुरमा रहेको समानता कृषी सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । गोदावरी नगरपालीकाका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष गोपाल दत्त भट्टको प्रमुख आतिथ्यमा शुक्रबार साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा विशिष्ठ अतिथि गोदावरी नगरपालीकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशी रहेका थिए । कार्यक्रममा सस्थाका उपाध्यक्ष देवराज भट्टले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सँस्थाका सचिव एवम व्यवस्थापक विलीयम सिंहले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उत्कृष्ट ५ जना शेयर सदस्यलाई सम्मान गरिएको थियो । सस्थामा हाल २१० जना शेयर सदस्य छन् । सस्थाले २०७८र/७९ मा ३२लाख ५३हजार ५४२ रुपैयाको कारोबार गरेको छ। सम्पत्ति तथा दायित्व वासलातमा १८लाख ३६हजार २०३ रुपैया रहेको छ भने जम्मा आम्दानी २लाख ३७हजार ३६१ रुपैया रहेको छ । जस्मध्ये शुद्ध नाफा रु ७३हजार ६९२ रहेको छ।















