बालबालीकालाई मेनु विपरीतको खाजा

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ स्थीत कृष्ण आधारभुत विद्यालयले बालबालीकालाई मेनु विपरीतको खाजा खुवाउने गरेको पार्ईएको छ । कक्षा ६ सम्मका बालबालीकालाई नगरपालीकाले उपलब्ध गराएको मेनु बमोजीम खाज खुवाउनु पर्ने भएपनी कुष्ण आधारभुत विद्यालयले भने बिस्कुट समेत खुवाउने गरेको पाईएको हो । विद्यालयका प्रधानाध्यापक प्रेमराज जोशीले भने गत बुधबार मात्रै बिस्कुट दिईएको अरु दिन नगरपालीकाले उपलब्ध गराएको मेनु अनुसार नै बालबालीकालाई खाजा खुवाउने गरेको बताएका छन् ।

बिहिबारदेखी हाम्रो विद्यालयमा परिक्षा चल्ने भएकोले तयारीकालागी बुधबार विद्यार्थीलाई टिफीन टाइममा नै छुट्टी दिनुपर्ने भयो प्रधानाध्यापक जोशीले भने त्यसैले बालबालीकालाई बिस्कुट दिएर पठाएका हौँ,अरुदिन मेनु अनुसार नै खाजा खुवाउने गरेका छौँ । उत्त विद्यालयका अभिभावकले भने बालबालीकाले अन्य दिनपनी बिस्कुट खाएको बताउने गरेको जनाएका छन् । “हाम्रो बच्चाले त मिठो खाजा बनाएको दिन सरम्यामले आफु बढी खाएर हामीलाई थोरै दिनुहुन्छ पनी भन्छ ” एक अभिभावकले भने ।प्र.अ जोशीले पनी आफुहरुले बच्चाहरुसंगै खाजा खाने गरेको बताए ।

nisarga

उनले भने बच्चाहरुसंगै दिनहुँ हामी सबै स्टाफहरु पनी खान्छौँ सोहि बमोजीमको पैसा मासिक रुपमा उठाउने गरेका छौ,आफुले खाजा टेस्ट पनी गर्नुपर्छ भनेर भनेका कारण हामीले यस्तो गर्दै आएका छौँ ।” उनले नगरले उपलब्ध गराएको मेनु अनुसार नै खाजा खुवाउदै आएको तर भान्सेको खर्च विद्यालय स्वयमले व्यहर्नुपर्दा आर्थीक भार परेको गुनासो गरे । गोदावरी नगरपालीका शिक्षा शाखाका प्राविधिक सहायक विष्णु अवस्थीले बिस्कुट मेनु बाहेकको खाज विद्यार्थीलाई खुवाउनु लापरवाहि भएको बताए ।

“हामीले हरेक विद्यालयलाई खाजाको मेनु दिएका छौँ,त्यहि अनुसार गर्नुहोला भनेर हरेक वैठकमा पनी आग्रह गरेकै हुन्छाँै उनले भने सकेसम्म मेनुकै खाजा पनी तलमाथी गर्नुहुँदैन झन जंक फुड त विद्यालयमा कुनैपनी अवस्थामा वितरण गर्न मिल्दैन ।” यसबारे शिक्षा शाखा वा नगरले मात्रै हेर्न कठीन हुनेहुँदा अभिभावकले पनी भुमीका खेलेर सहयोग गर्नुपर्ने उनको भनाई छ । शिक्षा शाखामा कर्मचारी दुईजना मात्रै भएको हुँदा अनुगमन गर्न भने नसकिएको उनले बताए । १५ रुपैया बराबरको खाजा बच्चालाई खुवाउनु पर्ने भएपनी त्यसै पैसाबाट भान्सेको ज्याला पनी निकान्नुपर्ने बाधयतामा कतिपय विद्यालयहरु छन् ।