सुप समावेशी आधारभुत विद्यालयलाई पोसाक तथा स्टेसनरी सहयोग

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ मा रहेको सुप समावेशी आधारभूत विद्यालयलाई विद्यालय पोसाक तथा स्टेसनरी सामग्री सहयोग गरीएको छ । काव्य स्कुल काठमाडौंले सहयोग विद्यालयलाई न्यानो लुगा तथा स्टेसनरी सहयोग गरेको हो । ‘बर्थ डे स्कलरसिप फण्ड’ को रकमबाट न्यानो लुगा र स्टेसनरी सामग्री सहयोग गरीएको काव्य स्कुलका प्रधानाध्यापक नवराज बास्कोटाले बताए ।

‘हामीसंग कुनै ठुलो फण्ड त छैन,आजभोलि बर्थ डे मा केक काट्ने, चकलेट बाड्ने प्रचलन छ । तर, अझै प्रिन्सीपललाई ठुलो चकलेट दिन बालबालीकाहरु मन गर्छन तर हामीले अभिभावक र विद्यार्थीहरुलाई विद्यालयमा चकलेट केक काट्न खर्च गर्ने पैसा ‘वर्थ डे स्कलरसिप फण्ड’ मा राख्न लगाँउछौ प्रधानाध्यापक बास्कोटाले भने ‘हाम्रो विद्यालयका विद्यार्थीले चकलेट केकमा खर्च गर्ने पैसाले अर्को एक विपन्न विद्यार्थीले पढ्न पाँउछ भनेर भनेउ,उहाँहरु पनी खुसी हुनुभयो ।”

nisarga

सोहि फण्डबाट ७० हजार बराबरको पोसाक र १० हजार बराबरको स्टेसनरी सामग्री सहयोग गरिएको हो । आफूहरुले बिभिन्न संघ सस्था र व्यक्तिहरुबाट पनि सहयोग लिएर काव्य स्कुलले सामाजिक काम गर्दै आइरहेको उनले बताए । सहयोग सामग्री शनिबार एक कार्यक्रमका बीच काव्य स्कुल काठमाडौंले सुप समावेशी विद्यालयकी प्रधान्याध्यापक देवी साउँदलाई हस्तान्तरण गरेका हुन् ।सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाश बहादुर बमको प्रमुख आतिथ्यतामा भएको सामाग्री हस्तान्तरण कार्यक्रममा प्रदेशसभा सदस्य खेमा देवी बिष्ट, गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया,गोदावरी नगरपालीका वडा नम्बर २ का वडा सदस्य डबल बहादुुर साँउद,विभीन्न संघ सँस्थाका व्यत्ति लगायतको उपस्थीती रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य प्रकाश बहादुर बमले सुप समावेशी विद्यालयलाई आवश्कता बमोजीमको सहयोग गर्ने प्रतिवद्धता व्यत्त गरे । “म यहि नजीकै थुप्रै पटक कार्यक्रममा पुगेको छु बमले भने तर यहाँनिर भएको यो विद्यालयमा हालसम्म आँखा गएको थिएन,आज बोलाएर मेरो जिम्मेवारी सम्झाईदिनुभयो,अब मैले सक्ने सहयोगाकालागी म सँधै तयार हुनेछु ।” त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य खेमादेवी विष्टले सुप समावेशी विद्यालयले गर्दै आएको कामको गर्दै आगामी दिनमा आफ्नो तर्फबाट हुने सम्पुर्ण सहयोगका लागी प्रतिवद्ध रहेको बताईन् ।

उनले अपांगता भएका व्यत्तिलाई स्वरोजगार हुने खालका कार्यक्रम पनी आवश्यक रहेको भन्दै त्यतातिर पनी आफुले ध्यान दिने बताईन् ।कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले विद्यालयको पृष्ठभूमि र भविष्को योजनाका बारेमा प्रकाश पारेका थिए । त्यस्तै सुप समावेशी विद्यालयलाई मिडियाका माध्यमबाट सहयोग गरेको भन्दै अत्तरिया क्षेत्रका दुईजना पत्रकारहरु केशव सिहं धामी र शारदा फुलारालाई सम्मान गरीएको थियो ।