शिवशिखर बहुउद्देश्यीय सहकारी र अत्तरियाका बचतकर्ताबिच ८ बुँदे सहमति

Image
फाइल तस्विर
maya metro

अत्तरिया – ‘शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ र अत्तरियाका बचतकर्ताबिच ८ बुँदे सहमति भएको छ । बुधबार ईलाका प्रहरी कार्यालय मालाखेतीमा सँस्थाका विपद् व्यवस्थापन समितिका केन्द्रीय संयोजक भोजराज पौडेल र सुदूरपश्चिम प्रदेश प्रबन्धक हेमराज जोशी, अत्तरिया शाखा प्रवन्धक पदम सिह राना र अत्तरियाका बचतकर्ताबिच ८ बुँदे सहमति भएको हो ।
सहमतिमा चैत्र १५ गतेदेखी ६ महिनाभित्र ६ महिना भित्र म्याद पुगेको बचतको र चल्ति खाताको रकम चुक्ता गर्नुपर्ने उल्लेख गरीएको छ ।
उक्त सहमति अनुसार चैत १५ गते देखि लागु हुने गरी समय पुगेको एफडी खाताको रकम चल्ती खातामा राखी चल्तिको नियम अनुसार भुक्तानी गर्ने, चैत्र १५ देखि चल्ती खाताको पैसा लिमिट लगाएर भुक्तानी गर्ने र विस्तारै लिमिट बढाउँदै जाने, तत्काल शिव शिखर सहकारी संस्था अत्तरिया शाखाका कर्मचारीहरुको राजीनामा स्वीकृत गर्न नपाईने भएको छ ।

त्यस्तै धनगढीको जुगेडामा भएको शिखर डिप एग्रोप्रालीका नाममा भएको ९ कठ्ठा जमिन तथा शिखर अर्गनाइजेसन लिमिटेडको नाममा रहेको दाल र चामल उद्योग कैलालीको बौनियामा रहेको मिल, शिव शिखर सहकारी संस्था अत्तरियाको प्रयोजनमा ल्याउन सक्ने, सहकारीको केन्द्रिय कार्यालय भक्तपुरले प्रयोजनमा ल्याएको बाग्मती प्रदेश ०१–०२६ च ०१३४ नम्बरको कार समस्या सामाधान नभएसम्म शिव शिखर सहकारी संस्था अत्तरिया शाखाको प्रयोजनमा लिन सक्ने, संस्थाको प्रधान कार्यालयबाट निकासा भएको रकम अत्तरिया शाखाले जानकारी गराउनु पर्ने सम्झौता भएको छ ।
त्यस्तै फागुन १४ गते जिल्ला प्रशासन कार्यालय धनगढीमा शिवशिखरका बचतकर्ता र शिवशिखरका व्यवस्थापक बीच भएको सहमति अत्तरिया शाखामा पनि लागु गर्ने सहमति भएको छ ।
फागुन १४ गते धनगढीमा सहकारीका सुदूरपश्चिम भरीका कर्मचारीहरुको नाम, योग्यता, तबल स्केल, ठेगाना, सम्पर्क नम्बरको विवरण उपलब्ध गराउने, शाखा अनुसार जम्मा निक्षेप रकम, कर्जा प्रवाह, बिभिन्न व्यवसायीक प्रतिष्ठानमा भएको लगानी रकम र केन्द्रिय कार्यालयमा पठाएको एईपीटी रकमको विवरण उपलब्ध गराउने, शिव शिखर सहकारी संस्था लिमिटेड र शिखर अर्गनाइजेसन संग सम्बन्धित सम्पतीको विवरण उपलब्ध गराउने, शिव शिखर सहकारी संस्था लिमिटेड र शिखर अर्गनाइजेसन संग सम्बन्धित सम्पतीको विवरण उपलब्ध गराउने, प्रदेश शाखा प्रवन्धक र धनगढी शाखा प्रवन्धकले समस्या सामाधान नहुन्जेल जिल्ला बाहीर जानुपर्दा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने र सहकारी संस्थाको बैंकहरु संगको खाताबाट कारोबार भएको हाल सम्मको बैंकिङ स्टमेट पेश गर्नुपर्ने सम्झौता भएको थियो ।

nisarga

अत्तरियामा भएको सम्झौता पछि पत्रकारहरु संग कुरा गर्दै सहकारीका विपद् व्यवस्थापन समितिका संयोजक भोजराज पौडेलले चैत्र १५ देखि सानो रकमबाट बचत फिर्ता गरिने बताए । उनले ६ महिना भित्रमा सहकारीलाई क्रमश पुर्ण लयमा ल्याउने दावी गरे ।‘सहकारी बचाऔं हामी बचौं भन्ने अभियानमा लागेको छु’ उनले भने ‘फेरी पनि यो सस्थालाई सबै बचतकर्ताहरुले राम्रो व्यवहार गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु । समस्या आएकै हो । यसलाई हामी व्यवस्थापन गर्ने हो । सहकारी भाग्दैन । हामी भाग्दैनौ ।’
उनले अडिट रिपोर्टमा पनि कुनै समस्या नभएको हकारी कमजोर अवस्थामा नरहेको बताए । अत्तरिया शाखामा २२ करोड पुजी जम्मा भएको र त्यसमध्ये ५ करोड लगानी लगाईएको पौडेलले बताए ।

उनले अत्तरिया शाखाको २२ करोड बचत रकम तिर्ने संस्थाको क्षमता भएको पौडेलको दावी छ । ‘हामीले सहकारीको सम्पती बेच्ने, बैंकको लोन लिने र पार्टनरसिप गरेर पनि रकम फिर्ता गर्छौ’ त्यो प्रक्रियामा लागी पनी सकेका छौँ उनले भने ‘अहिले तरलता अभाव भएका कारण यी काम गर्न पनि समस्या आएको हो । यो विस्तारै लयमा फर्किनेछ ।’
शिवशिखर सहकारीका देशभर ३६ वटा शाखा रहेका छन् । सुदूरपश्चिम प्रदेशका बचतकर्ताको सहकारिमा १ अर्ब ५० करोड बढी रकम जम्मा छ ।
उक्त सहकारी संस्थाले देशका विभिन्न स्थानमा ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्स’ चलाएको छ । शिव शिखर सहकारी संस्थाको केन्द्रीय कार्यालय भक्तपुरमा छ ।