बाहिनीपति ट्रफीको उपाधि देवी दल गणलाई

Image
maya metro

दिपायल – डोटीमा जारी बाहिनीपति ट्रफी २०७९ फुटबल प्रतियोगिताको उपाधि देवी दल गण कैलालीले उचालेको छ । शुक्रबार समपन्न अन्तिम खेलमा भैरव प्रसाद गण सिलगढीलाई १-० ले पराजित गर्दै देवी दल गणले उपाधि हात पारेको हो ।

प्रतियोगिताका उपाधि विजेता, उप विजेता, सहभागी टिम र उत्कृष्ट खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त प्रदान गरिएको छ ।

nisarga

खप्तड रंगशाला राजपुरमा श्री नम्बर ५ बाहिनी अड्डा राजपुर ब्यारेकले आयोजना गरेको उक्त प्रतियोगितामा बाहिनी अन्तर्गतका गण, गुल्महरुको सहभागिता रहेको थियो देवी दल गण कैलालीले भलिबल लगायतका अन्य विधाका खेलहरूको ट्रफी समेत हात पारेको छ ।