बैतडीमा ट्याक्टर दुर्घटना

Image
maya metro

बैतडी – बैतडीको पाटनमा ट्याक्टर दुर्घटनामा परेको छ । शुक्रबार दिउँसो १२ बजेको समयमा पाटनबाट सुर्नया नदीबाट बालुवा ल्याइरहेको सु.प.प्र. ०१००२ त ४९५३ नम्बरको ट्याक्टर पाटन ६ को लोर्खा भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

ट्याक्टरमा चालक सहित ३ जना सवार रहेको र उनिहरु सकुसल रहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन ।

nisarga

ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।