होटलमा बेहोस भएका बैतडीका एक जनाको मृत्यु

Image
maya metro

बैतडी – होटलमा बेहोस भएका बैतडीका एक जनाको मृत्यु भएको छ।

जिल्लाको मेलौली नगरपालिका वडा नम्बर ७ को एक होटेलमा शनिवार बेहोस भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर २ का ५७ वर्षीय रनि चन्दको मृत्यु भएको हो।

nisarga

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भारतबाट आएका चन्द जेठ ११ गतेदेखि रिसब होटेलमा बस्दै आएका थिए।

शनिवार बिहान होटेलका कर्मचारीले खाना खानका लागि बोलाउन जाँदा उनलाई बेहोस अवस्थामा फेला परेका थिए।