बैतडीको मेलाैलीमा जेष्ठ नागरिक दाैड प्रतियोगिता सम्पन्न

Image
maya metro

बैतडी – बैतडीकाे मेलाैली नगरपालिकामा जेष्ठ नागरिक दाैड प्रतियोगिता सम्पन्न भएको छ । वडा नम्बर ७ मा सम्पन्न आइतबार सम्पन्न दाैड प्रतियोगितामा ७ महिला र ६ पुरुष गरि १३ जना जेष्ठ नागरिकको सहभागिता रहेको थियो ।

वडा नम्बर ७ को भरतपुर आधारभुत विद्यायलमा सम्पन्न प्रतियोगितामा महिला तर्फ प्रथम हुनेमा पशुपति अवस्थी, द्वितीय सुर्मादेवि कार्की र त्रित्तीय धना चन्द ठगुरानि रहेका छन् । यस्तै पुरुष तर्फ प्रथम हुनेमा इन्द्र सिहं कार्की,द्वितीय शेरी चन्द र त्रित्तीय कृष्ण सिंह भाट रहेका छन् ।

nisarga

प्रथम हुनेलाई ८ हजार, द्वितीयलाई ५ हजार र त्रित्तीयलाई ३ हजारसहित मेडल र प्रमाणपत्र दिइएको थियो । यस्तै अन्य सहभागि जेष्ठ नागरिकहरुलाई पनि करकट्टी हुने गरि नगद ७ सय तथा मेडल र प्रमाणपत्र दिइएको वडा अध्यक्ष रामचन्द्र भट्टले बताएका छन् ।