सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट प्रस्तुत गर्ने

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारले आज शुक्रबार प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट विनियोजन प्रस्तुत गर्ने भएको छ। अपरान्ह ४ बजे आर्थिक मामिलामन्त्री नरेश शाहीले ३२ अर्बभन्दा बढीको बजेट प्रस्तुत गर्ने भएका हुन्।

आगामी आर्थिक वर्षका लागि संघीय सरकारले दिने अनुदान बजेट कटौती गर्नुका साथै प्रदेशको राजस्वमा कमी आएको कारण आगामी आर्थिक वर्षको बजेटको आकार चालु आर्थिक वर्षको बजेटको तुलनामा घट्ने देखिएको छ ।

nisarga

प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षको बजेट ३२ अर्ब रुपैयाँको हाराहारीमा बजेटको आधार आउन सक्ने अनुमान गरिएको छ ।