
अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया उधोग वाणिज्य संघको नयाँ कार्यसमितिको निर्वाचन असार २३ गते शनीबार हुँदैछ । निर्वाचनको दौडमा दुई अध्यक्ष प्यानल सहित छन् भने एकजनाको अध्यक्षमा मात्रै उम्मेदवारी छ । कल्याण सिंह बोहराको प्यानल एकातिर छ भने मिना देउवाको प्यानल अर्कोतिर छ । कविराज भट्टले अध्यक्षमा मात्रै उम्मेदवारी दर्ता गरेका छन् ।
यी तिनैजना अघिल्लो कार्य समितिमा संगै थिए । अघिल्लो कार्यसमितिमा वरीष्ठ उपाध्यक्ष रहेका बोहराले आफ्नो प्यानलको जित निश्चित भएको दावी गरेका छन् । “वर्षौदेखी गोदावरी नगरपालीकामै व्यापार,व्यवशाय गर्दै आएका,सँधै व्यवशायीको हकहितमा अग्रसर रहेका साथीहरु हाम्रो प्यानलमा छन्, उनले भने अनुभवि टिम पनी यहि हो जित निश्चित छ ।”

प्रचारका क्रममा सबै व्यवशायीहरुले आफु सहित आफ्नो प्यानललाई सहयोग गर्ने प्रतिवद्धता व्यत्त गरेको भन्दै उनले अध्यक्षको जिम्मेवारी पाए कुशल नेतृत्वको भुमीका निर्वाह गरी अत्तरिया उधोग वाणिज्य संघलाई व्यवशायीहरुको साझा सँस्था बनाउने बताए । उधोग वाणिज्य संघको जग्गाको भोगाधिकार प्राप्तिको लागी पहलगर्ने,मुख्य बजार क्षेत्रमा रात्रिकालिन चौकिदारका साथै सिसि क्यामेरा र बत्तीको व्यवस्था गर्ने र वयवशायीहरुलाई पर्ने समस्याहरु समाधानकालागी आफु सहित आफ्नो टिम जुनसुकै समयमा पनी तयारी अवस्थामा रहने उनले प्रतिवद्धता व्यत्त गरे ।
उत्त प्यानलमा उपाध्यक्ष उधोगमा यज्ञराज जोशी रहेका छन् । उपाध्यक्ष वाणिज्य तर्फ देवराज भट्टको उम्मेदवारी छ भने उपाध्यक्ष वस्तुगत तर्फ चेतराज पन्तको उम्मेदवारी रहेको छ ।
यस्तै महासचिवमा शंकर खड्का रहेका छन् भने सोही प्यानलबाट कोषाध्यक्षमा हेमराज भण्डारी रहेका छन् । सचीवमा दिपिन साँउदको उम्मेदवारी छ ।
यस्तै सदस्यहरुमा बम बहादुर बोगटी,ज्ञानेन्द्र खड्का,रमेश भट्टराई र मनोज सदाशंकर रहेका छन् ।














