
बैतडी – बैतडीबाट महेन्द्रनगर आँउदै गरेको बस दुर्घटना भएको छ। पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली –पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नं ७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
सोमबार दिउँसो १ बजेतिर लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।

दुर्घटनामा परी करिब १८ जना घाइते भएको बैतडी प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बसमा ३० जना यात्रु सवार रहेको बताइएको छ।
बस सडकबाट अन्दाजी चार सय मिटर तल खसेर रुखमा अड्किएको छ । घटना सम्बन्धि विस्तृत विवरण आउन बाँकि छ ।


















