
अत्तरिया – नेकपा एमाले र स्वतन्त्र सांसदको बहिष्कारकाबिच सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरिएको छ ।
असार १ गते आर्थिक मामिला मन्त्री नरेश शाही प्रस्तुत गरेको बजेट शनिबार राति १० बजे बसेको प्रदेशसभाको बैठकले बजेटसँग सम्बन्धित विधेयकहरु बहुमतले पारित गरेको हो ।

बजेट छलफलमा विपक्षी दलबाट राप्रपा सांसद खेमा देवी विष्ट मात्रै उपस्थित थिइन् । एमालेका सांसद र स्वतन्त्र सांसद तारा जोशीले प्रदेश सभा बैठक बहिष्कार गरेका थिए













