बैतडीको खोडपेमा ‘बेवारिसे’ अवस्थाको ७ तोला सुन बरामद

Image
maya metro

बैतडी – बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बेवारिसे अवस्थाको सुन बरमद गरीएको छ ।

काठमाडौंबाट दार्चुलाका लागि आइरहेको सुपप्र ०२००१ ख १३०१ नम्बरको बसबाट छाडिएको केहि सामग्रीमा सुन आइतबार बिहान बरमद गरीएको हो ।

nisarga

खोड्पे प्रहरी चौकीको इन्ट्री पोष्टमा बसका स्टाफहरुले सामान छाडेको र उक्त सामानमा सुन फेला परेको प्रहरीले जनाएको छ । पाटन–८ का एक स्थानीयका आफन्तले काठमाडौंबाट औषधी पठाएको बुझिएको छ ।

त्यो औषधी भनिएको बस्तु मध्येको एक प्याकेट खोलेर हेर्दा सुन भेटिएपछि इन्ट्री पोष्टमै राखेका थिए । प्रहरीलाई शंका लागेपछि बरामद गरेर सुरक्षित राखेको छ ।

सुन बरामदपछि ईलाका प्रहरी कार्यालय पाटनमा लगिएको छ ।८३ ग्राम ५२० मिलिग्राम (करिब ७ तोला अढाइ आना) परिमाणको सुन भेटिएको र बिल समेत नरहेको पाइएपछि बरामद गर्दै सुरक्षित राखिएको ईलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरिक्षक कमल प्रशाद चौधरीले जानकारी दिए । बिना बिलको सुन भेटिएकाले शंका लागेपछि बरामद गर्दै सुरक्षित राखिएको उनले बताए ।

यद्यपि दार्चुलाबाट एक व्यापारीले सुन आफ्नो रहेको र त्यसको बिल समेत रहेको बताएका छन्।