परिक्षा हलमा चिट चोरीरहेका गौरीगंगाका पुर्वमेयर हलबाट निकालिए

Image
maya metro

धनगढी – कैलालीको गौरीगंगाका पूर्वमेयर भीम देउवा स्नातक तह दोश्रो वर्षको परीक्षामा चिट चोर्दाचोर्दै फेला परेपछि परिक्षा हलबाट निकालिएका छन् ।

आजदेखि शुरु भएको स्नातक तह दोस्रो वर्षको नेपाली विषयको परीक्षामा मोबाइलबाट चिट चोरेका उनको परीक्षा समेत रद्द गरिएको छ ।

nisarga

खप्तड बहुमुखी क्याम्पस मसुरियामा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत देउवाको परीक्षा केन्द्र लम्की बहुमुखी क्याम्पसमा परेको थियो ।

जाँच दिइरहेको अवस्थामा मोबाइल र गेस पेपर राखेर चिट चोरी रहेको अवस्थामा उनी समातिएको बताइएको छ । परीक्षा शुरु भएको एक घण्टा नहुँदै उनी चिटसहित फेला परेका उनको आजको परीक्षा रद्द गरिएको छ ।

भोलिदेखि भने परीक्षा दिन पाउने जनाइएको छ ।