शान्ति

Image
maya metro

सारा जगमा शान्ति स्थापना हुनुपर्छ कामना गर्दछु
शान्त मनले जीवन बिताउन सकियोस् सोच्दछु
सबै जीवजन्तु र यो जगमा शान्ति छाओस्
यो जगका सबै प्राणीको भलो होस

देशमा चाहेकै शान्ति नै हो
शान्ति सँग बाच्न शान्तिको दिगो बाल्नुपर्ने भो
छलकपट छाडेर शुद्ध मनले काम गर
सबैको मन मनबाट शान्तिको बारेमा सोच्ने गर

nisarga

शान्ति विना देशमा विकास सम्भव छैन
प्रयास गर्ने छु देशमा  शान्ति ल्याउन पछि हट्ने छैन
किन दाजुभाइ बिच आपसमा लडाई झगडा के को कलह गर्छौ
आउन बुद्ध आउँ है शान्तिको मार्ग देखाउने छौ

शान्तिको कामना गरौँ, सम्झनामा बुद्धलाई राखौँ
सबैले शान्तिपूर्वक देशमा बस्न सकुन् वातावरण बनाऊ
किन चल्छन् गोला बारुद किन हुन्छन् लाखौँ मानिस घरबार विहीन
किन डरले मन मुटु काम्या छ शान्त छैन मन

मानवतालाई जोगाउ भाइचाराको सम्बन्ध बढाउ
शान्तिको स्थापना गरौँ, देशमा शान्तिको दियो बालौँ
सारा जगमा शान्ति स्थापना हुनुपर्छ कामना गर्दछु
शान्त मनले जीवन बिताउन सकियोस् सोच्दछु

पशुपतिनाथले  सारा जगमा  शान्ति  स्थापना गर्न सक्ने  शक्ति दिउन्
सबैमा भाइचारा फैलाऊ रिस  रागलाई मनबाट फालिदेउन्
सारा जगमा शान्ति स्थापना हुनुपर्छ कामना गर्दछु
शान्त मनले जीवन बिताउन सकियोस् सोच्दछु

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी