यति अनमोल माया…

Image
maya metro

यति अनमोल माया, यति साँचो माया

मेरो काखमा बस है गरेको छु मनबाट माया

nisarga

तिमि सँग बोलेर मात्र मेरो दिन बित्छ

के भन्छौ तिमिले सबै कुरा थाहा छ

यो दिलबाट मैले तिमिलाई माया गर्छु

तिम्रा लागि मेरो माया नदी झैँ बगाएको छु

यो हृदय धेरै शुद्ध र माया धेरै मीठो छ

के भन्छौ तिमिले सबै कुरा थाहा छ

मुटुको हरेक धड्कन सँग तिमीलाई माया गर्छु

हरेक मिनेट, हरेक सेकेन्ड, म तिम्रो बारेमा सोच्छु

मेरो मनको चाह भएको कारण तिमीलाई माया गर्छु

मुटुमा बसेको मान्छे तिमीलाई माया गर्छु

यति अनमोल माया, यति साँचो माया

मेरो काखमा बस है गरेको छु मनबाट माया

नाम -गोबिन्द राज ओझा (राजन)

ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी