चिसो बढेकाले दाउरा वितरण गर्न डिभिजन वन कार्यालयहरूलाई मन्त्रालयको निर्देशन

Image
maya metro

धनगढी – चिसो बढेकाले दाउरा वितरण गर्न डिभिजन वन कार्यालयहरूलाई मन्त्रालयको निर्देशनचिसो बढेर नागरिकको जनजीवन प्रभावित हुन थालेपछि सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आगो ताप्ने व्यवस्थाका लागि दाउरा वितरण गर्न मातहतका डिभिजन वन कार्यालयहरूलाई निर्देशन दिएको छ।

सार्वजनिक स्थलमा आगो ताप्ने व्यवस्थाका लागि नियमानुसार दाउरा वितरण गर्न मन्त्रालयले मंगलबार सुदूरपश्चिम प्रदेशमा रहेका सबै डिभिजन वन कार्यालयका नाममा निर्देशन जारी गरेको हो।

nisarga

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले अत्यधिक चिसोका कारण अहिले नागरिकको जनजीवन प्रभावित हुन थालेपछि दाउरा वितरण गर्न भनिएको बताए। शीतलहरका कारण केही दिनयता तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा चिसो अत्यधिक बढेको छ।

चिसोका कारण, भूमिहीन, सुकुमवासीलगायत विपन्न वर्गका नागरिक बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धाले चिसोमा बढी समस्या भोग्नुपर्छ। हिमपातको वेला भएकाले अहिले यहाँका पहाडी जिल्लाहरूमा पनि चिसो बढेर जनजीवन प्रभावित भएको छ।