
अत्तरिया – सेभ द चिल्ड्रेन ईन्टरनेशनलको लगानीमा सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको क्षेत्रिय मेडिकल स्टोरको शिलान्यास गरिएको छ । स्टोरको आज एक कार्यक्रमकाबिच कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ स्थीत बिजौरामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शिलान्यास गरेका हुन् ।
शिलान्यास गरिएको उक्त वैज्ञानिक अत्याधुनिक मेडिकल स्टोर १२० दिनमा तयार गरी हस्तान्तरण गर्ने निर्माण कम्पनी हाईटेक डेभलपर्स प्रा।लि। का प्रबन्ध निर्देशक अमर घिमिरेले बताए।

चितवनमा मुख्य कार्यालय रहेको सो कम्पनी अत्याधुनिक फलामे प्रविधिका लागी राष्ट्रिय रुपमा चिनिएको उनले दाबी गरे।
सार्वजनिक सुचना मार्फत कोटेशन आह्वान गरी निर्माण प्रकृयाको जिम्मेवारी दिईएकोले समयमा गुणस्तरिय कार्य हुनेमा विश्वस्त रहेको सेभ द चिल्ड्रेनका प्रदेश प्रमुख प्रकाश चन्द्र लेखकले बताएका छन्।
















