कृष्णपुरमा प्रथम नगर स्तरीय दौड प्रतियोगिता सम्पन्न

Image
maya metro

कञ्चनपुर – कृष्णपुर नगरपालिकामा प्रथम नगर स्तरीय दौड प्रतियोगिता सम्पन्न भएको छ।

ब्राईट नेपाल युवा क्लब कृष्णपुर ५ गुलरियाको आयोजनामा आयोजित कार्यक्रममा ७ किलोमिटर र ३ किलोमीटर गरि दुई चरणमा प्रतियोगिता आयोजना गरिएको हो।

nisarga

ब्राईट नेपाल क्लबकी अध्यक्ष टिकेश्वरी पाण्डेय “प्रेरणा” को सभाअध्यक्षमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथी कृष्णपुरका मेयर हेम राज ओझा रहेका थिए।

त्यस्तै विशिष्ट अतिथिमा कृष्णपुर नगरपालिका कि उप-मेयर द्रोपती राना लगायतको उपस्थिति रहेको थियो।