राष्ट्रको झन्डा बोकेर…

Image
maya metro

राष्ट्रको झन्डा बोकेर सिमानामा हिँडेको छु
मेरी प्यारी आमालाई भेट्ने छु
दिदी बहिनिलाई भेट्ने छु
म खेलेको आँगनमा गएर बस्ने छु

यो मेरो देश मेरो संसार हो
यो गाउँ मेरो रहन्छ जहाँ जीवन छ मेरो
कहाँ छन् मेरी आमा खोज्दै छु
यो माया सधैँको लागि राखेको छु

nisarga

सहिदको सम्मान गर्नुपर्छ
उहाँहरूको बलिदान रगतको प्रत्येक थोपाले भन्छ
सिमानामा दुस्मन देखेर मेरो रगत उम्लिन्छ
राष्ट्रको झन्डाको महिमा बताउनु छ

जुन माटोमा जन्मिएँ, त्यही माटोमा विलीन हुनुपर्छ
यी आँखाले सिमानामा पहरेदार गर्छ
तिमी यसरी नै खुसी रहनु, मैले प्रार्थना गर्छु
यो माया सधैँको लागि राखेको छु

हामीले आफ्नो रगतले यो बगैँचालाई सिँचाइएका छौँ
तिमी सधैँ यसरी आकाशमा झुल्छौ
तिम्रो माटो छुने हिम्मत कसैको छैन
तिमीलाई झुकाउने हिम्मत पृथ्वीमा कसैसँग छैन

राष्ट्रको झन्डा बोकेर सिमानामा हिँडेको छु
मेरी प्यारी आमालाई भेट्ने छु

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी