चितवनमा भएको बस दुर्घटनाको खोजीका क्रममा ५० किलोमिटर तल एक शव फेला,गणपति डिलक्सका यात्रु रहेको पहिचान

Image
maya metro

भरतपुर २८ गोलाघाटमा आज बिहान भेटिएको शव काठमाडौंबाट गौर जान हिँडेको गणपति डिलक्सका यात्रु रहेको पहिचान भएको छ ।

भारतको सीतामरी जिल्ला बरगनिया थाना ग्राम जमुवा ९ नम्बर बस्ने २८ वर्षीय ऋषिपाल साह भएको खुलेको हो । चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार उनका भाइ सत्यपाल साहले आफ्नो दाइको सनाखत गरेका हुन् ।

nisarga

साह जोरपाटीबाट बस चढेका थिए । उनी काठमाडौं बौद्धमा बसेर व्यवसाय गर्दै आएका थिए । उनको शव आज बिहान गोलाघाटको नारायणी नदीमा तैरिएको अवस्थामा भेटिएको थियो ।

हिजो शुक्रबार सीमलतालमा काठमाडौंबाट गौरतर्फ जान लागेको र वीरगञ्जबाट काठमाडौंतर्फ जान लागेको दुइटा बसलाई लेदोसहित आएको पहिरोले त्रिशूलीमा डुबाएको थियो । दुइटै बसमा सवारमध्ये तीन यात्रुले ज्यान बचाएका थिए । अन्य यात्रु त्रिशूलीमा बेपत्ता छन् ।

गोताखोरसहितको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको तालिम प्राप्त टोली हिजोदेखि नै बस र यात्रुको खोजी तथा उद्दारमा खटिएका छन् ।